जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १६:५७

भोलि शतप्रतिशत विश्वासको मत पाउँछु : प्रधानमन्त्री


काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने भएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भोली प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिनुभएको हो ।

सोही बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गर्नुभयो । आफूले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने उहाँले बताउनुभयो । यसअघि ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भोली शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताउनुभएको हो ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन् ।