जनता टाइम्स

२ बैशाख २०८०, शनिबार ०८:३६

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको उपचारको क्रममा निधन


काठमाडौं, २ बैशाख ।  शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ ।

उनको आज बिहान ५ बजे ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा २०७९ असोज ३० गते निधन भएको थियो ।