जनता टाइम्स

२ बैशाख २०८०, शनिबार ०९:४४

वरिष्ठ गायक इन्द्रजित मिजारले ल्याए ‘घाम छायाँ’ (भिडियोसहित)


काठमाडौं, २ वैशाख । वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आउनुभएको छ । उहाँ नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आउनुभएको हो ।

उहाँले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । उक्त गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत छ । जसमा एजाज अलीको एरेन्ज रहेको छ ।

एक समय नेपाली फिल्मको पार्श्व गायनका चर्चित गायक मिजारका ‘टुनाको धुनमा डाँडा पारी जुनमा’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएका छन् । कयौँ फिल्मका गीत गायका मिजारको ‘के भन्ने हाम्रो समय अब यो बाटो मेरै हो कि, पिरतीको मिठो तिर्सना’ लगायतका गीत चर्चित छन् ।