काठमाडौं, ११ जेठ। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औँ महाधिवेशनमा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार तोकिएको समयमा हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना समर्थक सहित नारा जुलुस गरेर दुवै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गराउन पहिला थेबेको टोली गएको थियो । थेबेको साथमा ठुलो सङ्ख्यामा प्रतिनिधिहरू नारा लगाउँदै मनोनयन दर्ता गराउने स्थानमा पुगेका थिए ।
थेबे पछि पुरी मनोनयन दर्ताको लागि जानु भएको थियो । निवर्तमान उपाध्यक्ष अमित लामासहितको टोली लिएर मनोनयन दर्ता गराउन जानुभएका पुरीसँग जाने प्रतिनिधिहरू थेबेको टोलीको तुलनामा कम देखिन्थ्यो ।
राष्ट्रिय युवा संघ नेपालमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि मतदान हुन लागेको हो । मतदान भोलि हुने छ । विद्युतीय मेसिनबाट मतदान हुने भएकोले मत परिणाम पनि भोलि नै सार्वजनिक हुने छ ।
प्रतिक्रिया दिनुहोस्