जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार २३:१८

राष्ट्रिय युवा संघ नेपालमा क्षितिज थेबे र सुमन पुरीको प्यानल नै चुनाव लड्दै 


काठमाडौं, ११ जेठ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औँ महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
सोमबार हुने मतदानका लागि आज मनोनयन दर्ताको समय तोकिएको थियो । मनोनयन दर्ता गर्ने समयमा दुवै अध्यक्षका तर्फबाट प्यानल सहित उम्मेदवारहरू चुनाव लडेका छन् ।
निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट महासचिवमा महेश चौलागाईँले मनोनयन दर्ता गराउँदा उपमहासचिवमा उपेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।

थेबेको प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेतले उम्मेदवारी दिनुभएको छ । महिला सचिवमा निशा लिम्बु र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी परेको छ ।

यसै गरी लेखा आयोगको अध्यक्षमा किसुन जैशीले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग अध्यक्षमा मदन गिरीले, अनुशासन आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा उम्मेदवार बनेका छन् ।

पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमले उम्मेदवारी दिनुभएको छ । महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माको उम्मेदवारी परेको छ ।
त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ  । महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादवले उम्मेदवारी दिनुभएको छ ।

पुरीको प्यानलबाट निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुशासन आयोगमा अजयजङ्ग शाही तथा युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषले उम्मेदवारी दिनुभएको छ ।

नेतृत्व चयनको लागि सोमबार मतदान हुँदै छ । भाेलि नै निर्वाचनकाे नतिजा आउने छ ।