काठमाडौं, बैशाख ७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञहरुको एक समूह तयार गर्नुभएको छ ।
अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल, डा। पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाउनु भएको हो । अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा खटिनु हुनेछ । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थ मन्त्रालय ल्याउन लागिएको हो ।
डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ । गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचनमा उहाँ चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजीत हुनुभएको हो ।
यस्तै पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ मानिनु हुन्छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत हुनुहुन्छ । भट्ट राष्ट्र बैंकको प्रवक्ताको भूमिकामा समेत हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्