जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार १४:०९

गण्डकी प्रदेश प्रमुखले गरे दोस्रो पटक पनि बहुमतकै आधारमा सरकार गठनको आव्हान


पोखरा, बैशाख १२ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिनको समय दिनुभएको हो ।

प्रदेश प्रमुख गुरुङले वैशाख १४ गते दिउँसो ४ बजेसम्मको मुख्यमन्त्रीमा दावी पेश गर्न समय दिनुभएको छ । नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गर्नुभएको छ । यसअघिका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार पनि यही धारा अनुसार गठन भएको थियो ।

प्रदेशसभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।