चितवन, बैशाख १२ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले बिजयी रास्वपाका सभापति रवि लामिछानेलाई बधाइ दिनुभएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै मतगणना स्थलमै न्यौपानेले लामिछानेलाई बधाइ दिनुभएको हो । निर्वाचनमा लामिछाने भारी मतान्तरसहित बिजयी बन्दा न्यौपाने सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारभ न्दा केही मतले पछि पर्नुभएको थियो । निर्वाचनपछि उहाँले जीतहारलाई स्वभाविक रुपमा लिएको बताउनु भयो ।
बधाईसँगै रामको भनाई
मित्रहरू, निर्वाचन हो, जितहार स्वाभाविक लिनुपर्छ । तर एउटा सत्य कुरा बुझिराख्नु होला एमालेजनले–नेकपा एमालेले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ? सामाजिक सुरक्षा भत्ता ल्यायो ? चुच्चे नक्सा कसले जारी गर्यो ? कालापानी फिर्ता ल्यायो, नाकाबन्दी हटायो, चिनसँग पारवहन सम्झौता गर्यो, सुरुङ्ग युग सुरु गर्यो, भुकम्पको पुनर्निर्माण गर्यो, यस्ता हजारौ कामहरु छन जुन एमालेले गरेको छ तर हामी नै भन्न सक्दैनौ । महिलाको ३३ प्रतिशत अधिकार कस्ले ल्यायो ? अहिले बिधार्थीहरुले यातायातमा पाईरहेको ४५प्रतिशत छुट कस्ले ल्यायो ? गाउँहरुमा करोडौ बजेट पुर्याउने सुरुवात कस्ले गर्यो ? बिदेशबाट फर्कने युवालाई सहुलियत ऋण दिने शुरूवात कसले गर्यो ? युवा परिषद कस्ले स्थापना गर्यो ? ‘समृद्ध नेपाल : सखी नेपाली’ को अभियान कसले शुरू गर्यो ? अरूको लहलहैमा लागेर अनावश्यक कुराहरुमा नवहकिउ । यो देशमा केही गर्छ भने एमालेले गर्छ, अरु सबै भ्रम हुन । एउटा माघले जाडो जादैन हजुर !!!













प्रतिक्रिया दिनुहोस्