काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ ।
भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको नेपालले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हृुनेछ ।
यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्