काठमाडौं, बैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको भन्दै कडा आक्रोश पोख्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले पार्टीको दलित संगठनले गरेको कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताउनु भयो ।
‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै उहाँले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको पनि बताउनु भयो ।
‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो त ट्रेलर मात्र हो, हेर्दै जानुस न, सिंगै फिल्म देखिनेवाला छ,’ प्रधानमन्त्री दाहालको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्