जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १७:२१

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रधानमन्त्रीलाई ओलीले दिए गिरोहलाई सघाउने चार नेताका नाम


काठमाडौं, बैशाख २४ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यले कांग्रेसका तीन नेता र नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराको समेत नाम किटेका छन ।

पक्राउ परेका सानु भण्डारीले गत चैत १४ गते बयान दिने क्रममा चार नेताको नाम किटेपनि बयान नै होल्ड गराएरु नाम हटाएको प्रमाणसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नाम दिनुभएको पाइएको छ ।

पक्राउ परेका सानु भण्डारीले बयानको क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उहाँकी पत्नी मञ्जु खाण, आखलढुंगाबाट निर्वाचित कांग्रेस सांसद रामहरी खतिवडा र अखिल क्रान्तिकारीका नेता दिपेश पुन (पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको छोरा) को समेत नाम लिएका हुन । तर भण्डारीको सो बयानबाट चारै जनाको नाम हटाएर चोख्याउने प्रयाश भएपछि एमाले अध्यक्ष ओलीले प्रमाणसहित प्रधानमन्त्री दाहाललाई जानकारी गराउनु भएको हो ।

ओलीले उल्लेखित चारै जनाको बयानका क्रममा नाम किटेको जानकारी आफूलाई प्रहरी र सरकारी वकिलबाट आएको र प्रमाणसमेत रहेको जनाउ पनि दिनुभएको छ ।  खाण दम्पत्तिलाई करोडौं रकम बुझाएको अडियोसमेत सार्वजनिक भइसकेको छ ।