काठमाडौँ, ३० वैशाख । ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल हुनुभएको छ । उहाँको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो ।
उहाँ फागुनमा ओमान पुग्नुभएको थियो । ओमान पुगेको केही दिनमै एजेन्टले उहाँसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उहाँले बताउनुभयो । त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिनुभयो । उहाँ करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो ।
बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो । तर त्यो असम्भव भयो । भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल हुनुभयो । भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्