काठमाडौं, ३ जेठ । सल्यान र महोत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका–६ सिरेनी बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीलाई भरूवा बन्दुक १ थान र बारुद भर्ने रड १ थानसहित प्रहरीले पक्राउ गरेको छ । घर्तीले घर नजिकैको जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी घुइँयाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक र रडसहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित बनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक दुई थानसहित सर्लाही ईश्वरपुर नगरपालिका–१२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलनसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले जंगली जनावरको शिकार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्