जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार ०८:००

सडक खन्न हतार, बनाउन अल्याङटल्याङ


काठमाडौं, ७ जेठ । सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड । चक्रपथको बसुन्धरा चोकबाट कान्ति बाल अस्पताल निस्कने बाटोमा पर्ने करिब १०० मिटर सडकको ढलान कार्य एक महिना बित्दा पनि सकिएको छैन । जसका कारण यो बाटो भएर यात्रा गर्ने बिरामी, वालवालिका, वृद्धवृद्धा सबैले सास्ती खेप्नुपरिरहेको छ ।

ुयो उकालो भत्काएर छाडेको एक महिना नाघिसक्यो,ु स्थानीय सृष्टि लामा भन्नुहुन्छ , ‘कहिले बन्ने भन्ने कुनै टुंगो छैन ।ु अस्पताल क्षेत्रमा रहेको महत्त्वपूर्ण बाटो बिग्रँदा विरामी तथा वृद्धवृद्धाको यात्रा सकसपूर्ण बनेको उनले सुनाइन् । ुराजधानीको मुटुमा रहेको सडकको अवस्था त यस्तो छ,’ उहाँले भन्नुभयो, ‘मुलुकको अन्य भागको अवस्था के होला ?’

यस क्षेत्रमा भएको सडकको दुरवस्थाको विषयमा संसद्मा समेत आवाज उठेको छ । तर यसको कार्यान्वयनमा अझै तीव्रता आउन सकेको छैन । काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सडकको विषयमा पटकपटक चासो देखाए पनि काम हुन सकेको छैन ।

काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापा सडकमा राजनीति भएका कारण निर्माण कार्यमा ढिलाइ भएको स्विकार्नुहुन्छ । महानगरको केन्द्रीयस्तरको बजेटबाट १०५ मिटर लामो ढलान गर्न खोजिए पनि विभिन्न क्षेत्रबाट अवरोध भएको उहाँले सुनाउनुभयो।

‘कोही डाउन गरेर ढलान गर भन्छन्, कोही उठाएर ढलान गर्न सुझाउँछन्’ उहाँले भन्नुभयो, ‘सडक पेलेर घर कम्पाउन्ड लगाउनेको अवरोध उस्तै हुन्छ ।ु यीबाहेक नेपाल विद्युत् प्राधिकरणको भूमिगत तार बिछ्याउने कार्यले पनि काममा समस्या परेको उहाँले सुनाउनुभयो। सुरुमा विद्युत्ले यताबाट नआउने जनाए पनि पछि यतै खाल्डो खन्न आएकाले समस्या भएको उहाँले सुनाउनुभयो। यो समाचार नागरिक दैनिकमा छ ।