जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १३:०५

कलंकीमा एक युवती सामुहिक बलात्कारको शिकार


काठमाडौं, भदौ १२ । काठमाडौंको कलंकीमा एक युवती सामुहिक बलात्कारको शिकार भएकी छन । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरिएको हो ।

प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठ रहेका छन् । श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।