जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार १०:१०

प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची


काठमाडौं, १३ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ । हिजो बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।