जनता टाइम्स

२९ जेष्ठ २०८०, सोमबार २०:१५

पुराना पत्रकार राजेन्द्र गौतमले सम्हाले एमाले प्रचार बिभागको नेतृत्व, यस्तो छ प्रतिवद्धता


काठमाडौं, जेठ २९ । नेकपा एमालेका स्थायी कमिटी वर्तमान सदस्य राजेन्द्र गौतमले पछिल्लो कार्यबिभाजनअनुसार केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । केन्द्रीय कार्यालयमा आज आयोजित बिशेष कार्यक्रमबीच गौतमले प्रचार बिभागको नेतृत्व सम्हाल्नु भएको हो ।

गौतमलाई बिभागका निवर्तमान उपप्रमुख केन्द्रीय सदस्य बिष्णु रिजालले माइन्यूट हस्तान्तरण गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले पार्टीको लोगो लगाएर जिम्मेवारी सम्हाल्न जिम्मेवारी तोक्नुभएको थियो ।

सो अवसरमा बोल्दै बिभाग प्रमुख गौतमले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारिपुर्वक पूरा गर्ने बताउनु भयो । प्रचार बिभागको सचिव भएर काम गरेर बिदा भएपछि प्रचार बिभागमा २२ वर्षपछि नेतृत्व गर्ने अवसर पाएको भन्दै उहाँले सवैको सहयोगमा एमालेलाई मिडियामैत्री बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले यसअघि बिभागमा नेतृत्व गर्ने नेताहरुलाई धन्यवाद पनि दिनुभयो ।

‘यो जिम्मेवारीमा रहने सम्बन्धमा हाम्रो पार्टीले पूर्ण प्रेस स्वतन्त्रतासहितको विकास गर्ने कार्यको निरन्तरता दिने छ । जिम्मेवारी र उत्तरदायित्वसहितको भूमिका, राष्ट्रिय राजनीतिमा एमालेलाई हटाएर कोर्ष लिन सक्दैन । हरेक बेला साथीहरुसँग सहकर्मी हुँदा हुँदै प्रस्तुति संशलेषण गर्दा एमालेको धारणा के छ भन्ने लिँदा राम्रो हुन्छ । हाम्रो भनाई के हो भने नीति तलमाथि हुन सक्छ । तथस्तता, विश्लेषण हुने छ,’ गौतमले भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य गौतम पुराना पत्रकार र जनताको बहुदलीय जनवाद सम्बन्धी पुस्तकका लेखकसमेत हुनुहुन्छ । गौतम छलफल साप्ताहिक, नवआवाज साप्ताहिकलगायत आधा दर्जन पत्रिकाको सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

बिभागका सचिव गगन बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता निवर्तमान उपप्रमुख बिष्णु रिजालले गर्नुभएको थियो । कार्यक्रममा यसअघिका बिभाग प्रमुख रहनुभएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसदमा बजेट छलफल र मतदान रहेकोले सहभागी हुन सक्नुभएन ।