मलेसिया, असार ११। प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन हुनुभएको छ । क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न दोस्रो अधिवेशनले कुमालको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्ष जीवन देवान गाँउले, उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचिव कृष्ण खड्का, सह–सचिव रविन कार्की, दिनेश खप्तडी चयन हुनुभएको छ ।
सदस्यहरुमा दिल्ली न्यौपाने, चित्र बहादुर थापा, प्रेम मगर, तोप नारायण भण्डारी, नेत्र खड्का, छविलाल गीरी, मोहन खाती र राधिका क्षेत्री चयन हुनुभएको छ । ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता शेरवहादुर गुरुङले गर्नुभएको थियो ।
महाधिवेशनमा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठ, केन्द्रीय सदस्य कृष्ण केसीलगायतका नेताले शुभकामना दिनुभएको छ । कार्यक्रममा लोकगायक बद्री पंगेनी, पुर्णकला बी।सी।, करिस्मा ढकाल र राजन बर्देवाले सांगितिक प्रस्तुति दिनुभएको थियो ।
अधिवेशनमा गैर आवसीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई, प्रवासी नेपाली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष चोला पंगेनी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्