जनता टाइम्स

२२ असार २०८०, शुक्रबार ०७:१४

स्थानीय तहका जनप्रतिनिधिले आज सिंहदरवार घेराउ गर्ने


काठमाडौं, २२ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन् ।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन ।

सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताउनुभयो ।