काठमाडौं, असार २५ । संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको बैठक सकिएको हो ।
बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले घुमाउरो जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ । राप्रपा र रास्वपा पनि बिरोधमा उभिएको छ ।













प्रतिक्रिया दिनुहोस्