जनता टाइम्स

३१ असार २०८०, आईतवार ०८:१२

परराष्ट्र मन्त्री आज बैकक जाँदै


काठमाडौं, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दै हुनुहुन्छ ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।

जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नु हुनेछ भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उहाँ साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।