जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार ०७:५०

आजदेखि सुरु हुँदै कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन १० एजेन्डा


काठमाडौं, साउन २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।
सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ ।

बैठकका एजेन्डा 

१. समसामयिक विषय ।

२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।

३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।

४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।

५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।

६. विभाग गठनसम्बन्धी प्रस्ताव ।

७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।

८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव

९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।

१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।