जनता टाइम्स

८ श्रावण २०८०, सोमबार १७:०४

अमेरिका पुर्याइदिने भन्दै ४ जनाबाट सवा २ करोड लिइ अलपत्र पारेको आरोपमा एक पक्राउ


काठमाडौं, ८ साउन । नेपालीलाई अमेरिका पुर्याइदिने भन्दै २ करोड २६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगरपालिका(२७ स्थायी घर भई काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो ।

कमलविरुद्ध हालसम्म ४ जनाको जाहेरी परेको छ । ब्यूरोका अनुसार तामाङले पीडितबाट ११ लाखदेखि ६० लाख रुपैयाँसम्म उठाएका छन् । भारतको नयाँ दिल्ली हुँदै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस, जाम्बिया लगायत देशसम्म पुर्‍याएर पिडितलाई अलपत्र पारेको उनिहरुमाथी आरोप छ ।