सल्यान, १३ साउन । सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ । शारदा नगरपालिका–९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो ।
घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुन्धारा सामुदायिक वनमा साथीसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाबाट खटिएका प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्