जनता टाइम्स

२० श्रावण २०८०, शनिबार १४:१५

सिन्धुपाल्चोकमा रित्तियो नेकपा एस : माधवले पार्टीलाई क्लब बनाए भन्दै दुई केन्द्रीय सदस्यसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश


सिन्धुपाल्चोक, साउन २० माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजनाकेन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन्

केन्द्रीय सदस्य सुवास कर्माचार्य उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका सयौँ नेता तथा कार्यकर्तालाई महासचिव शंकरपोखरेल,बागमती प्रदेशका इन्चार्ज गुरु बराल,स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले एमालेमास्वागत गर्नुभएको

एमाले प्रवेश गर्नेहरूमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका वडा तथा विभिन्न जनवर्गीय संगठनहरूमा आवद्ध नेतातथा कार्यकर्ताहरू छन्

प्रवेशीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो सिङ्गो जिल्ला नै खाली गरेर एमाले प्रवेश गर्नलागेको सुइँको पाएपछि कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो

उहाँलाई कारबाही गरेको भोलिपल्टै कर्मचार्य नेकपा एमालेमा प्रवेश गर्नुभएको हो आफूसँगै उहाँले जिल्ला नै खाली गराएर नेता तथाकार्यकर्ताहरू एमालेमा प्रवेश गराएर पार्टी नेतृत्व माधव नेपाललाई चुनौती सृजना गरेका हुन्