जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १९:११

कोशी सरकारमा जसपा सहभागी, निर्मला बनिन स्वास्थ्यमन्त्री


मोरङ, साउन २६ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री लिम्बुले आजै नेपद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।