जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १०:१६

एमाले शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण नगरी काठमाडौं फिर्ता


काठमाडौं, भदौ १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।

जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने बेलामा जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता सिरहा बैठकका लागि जाँदै थिए ।

बुद्ध एयरले उडान नम्बर ५०१ जहाज ९ एन एजेडओमा प्राविधिक समस्या देखिएकाले काठमाडौंमा अवतरण गराई अर्को जहाजमा जनकपुर पठाउन लागिएको जनाएको छ ।