जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १९:२६

फ्रान्सको कडा एक्सन, मुस्लिम विद्यार्थीहरूलाई विद्यालयमा प्रवेश निषेध


पेरिस, १९ भदौ । फ्रान्सेली सार्वजनिक विद्यालयहरूले आफ्नो अबाया हटाउन अस्वीकार गरेकोमा दर्जनौं मुस्लिम केटीहरूलाई घर फर्काएको छ । अबाया मुस्लिम महिला र केटीहरूले लगाउने लामो र खुकुलो –फिटिङ्ग लुगा हो। यो सबै विद्यालय वर्षको पहिलो दिनमा भएको हो, जसको शिक्षा मन्त्री गेब्रियल अटलले पुष्टि गरेका छन्।

अटलले मंगलबार बिएफएफँँ प्रसारकहरूलाई भने कि धार्मीक प्रतिकको रूपमा हेरिने पोसाकमा लगाइएको प्रतिवन्धलाई बेवास्ता गर्दै सोमबार लगभग ३०० केटीहरू अबाया लगाएर आएका थिए । अधिकांश केटीहरूले यसलाई हटाउन राजी भए। तर ६७ जनाले अस्वीकार गरेपछि उनीहरुलाई घर फर्काइएको हो ।

गत महिना सरकारले अबायालाई धर्मनिरपेक्षताको नियमविपरीत भएको भन्दै प्रतिबन्ध लगाएको थियो । यसअघि हिजाबलाई धर्मको प्रदर्शन भएको भन्दै प्रतिबन्ध लगाइएको थियो । केटीहरूलाई फिर्ता गर्ने कदमलाई दक्षिणपन्थी समूहहरूले स्वागत गरे, तर कट्टर वामपन्थीहरूले यसलाई स्वतन्त्रताको अपमान भएको तर्क गरे।

धार्मिक प्रतीकहरू प्रतिबन्धित छन्
अल जजिराले रिपोर्ट गरेको छ कि अटलले त्यस्ता कपडाहरूलाई फ्रान्सको धर्मनिरपेक्षताको उल्लङ्घन गर्ने धार्मिक प्रतीक मानेको छ। सन् २००४ देखि फ्रान्सका विद्यालयहरूमा हेडस्कार्फ, किप्पा, क्रसलगायतका धार्मिक चिन्ह र प्रतीकहरू प्रतिबन्धित छन्। रिपोर्टका अनुसार शिक्षामन्त्री गेब्रियल अटलले भनेका छन् कि कोही पनि आफ्नो धर्म प्रकट हुने कुनै पनि कपडा लगाएर कक्षामा आउनु पाउदैनन् ।

मंगलबार अटलले भने, ‘सोमबार प्रवेश अस्वीकार गरिएका बालिकाका परिवारलाई सम्बोधन गर्दै पत्र लेखिएको थियो।’

म्याक्रोनले पनि निर्णयको बचाउ गरेका छन्
उक्त पत्रमा धर्मनिरपेक्षता बाधक नभएर स्वतन्त्रता भएको लेखिएको थियो । मन्त्रीले फेरि गाउन लगाएर विद्यालय आइपुगेमा नयाँ कुरा हुने बताइन् । सोमबार साँझ, राष्ट्रपति इमानुएल म्याक्रोनले निर्णयको बचाउ गर्दै भने, ‘फ्रान्समा अल्पसंख्यक छन् जसले धर्मलाई अपहरण गर्दछन् र गणतन्त्र र धर्मनिरपेक्षतालाई चुनौती दिन्छन्।’ तीन वर्षअघि शिक्षक स्यामुएल प्याटीको हत्यामा जस्तै यसले नराम्रो नतिजा निम्त्याउने उनले बताए।