काठमाडौं, २२ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नु भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखसमेत रहनुभएको नेतृ मानुषी र उहाँकी पति जेकेन्द्र श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेट गर्नु भएको हो ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै मानुषीले अध्यक्ष ओलीसँग समसामयिक विषयहरू कुराकानी भएको जनकारी गराउनु भएको छ । ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् !’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले अध्यक्ष ओलीलाई मेन्सन गर्दै दुई वटा तस्वीर सेयर गर्नु भएको हो ।














प्रतिक्रिया दिनुहोस्