जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार १२:५९

फार्मेसी लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्रै उत्तीर्ण, ७६ प्रतिशतभन्दा बढी विद्यार्थी फेल


काठमाडौं, २४ भदौ । नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको नाम दर्ता (लाइसेन्स) परीक्षामा २३ दशमलव ९८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्ले शनिबार लिएको परीक्षामा ७६ प्रतिशतभन्दा बढी विद्यार्थी फेल भएका हुन् ।

परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेका अनुसार परीक्षामा ८६७ जनाले आवेदन दिएका थिए। जसमध्ये ८३४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये २०० जना मात्र उत्तीर्ण भएका हुन्। ‘परीक्षामा निकै कम परीक्षार्थी उत्तीर्ण हुनु भएको छ,’ उहाँले भन्नुभयो । परिषदले अर्को साता डि फार्मासिष्टको परीक्षा लिने भएको छ ।