काठमाडौं, भदौ २३
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको थियो । भेटका अवसरमा राष्ट्रपतिले ऐतिहासिक काल देखि नै नेपाल र चीन असल छिमेकी रही आएको र यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उक्त भेटका अवसरमा नेपाल सरकार तथा चीन सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । राष्ट्रपतिसँग भेट्नुअघि विदेशमन्त्री वाङले प्रधानमन्त्री केपीशर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्