सुर्खेत, असोज १५ । । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ ।
३ सय मत गणना हुँदा शाहले १८० मतसहित अग्रता कायम गरिरहनु भएको छ भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १०२ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले ३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले १६८ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ उपाध्यक्षका अर्का दुई उम्मेदवार लाल बहादुर महतराले ९६ मत र दानसिंह परियारले २२ मत पाउनु भएको छ ।
त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २०७ मतसहित अग्रता लिइरहनुभएको छ भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ७७ मत पाउनु भएको छ ।
उपसचिव पदमा रवीन्द्रराज शर्माले १३९, रमेशवहादुर शाहीले १२५, पद्मा खड्का ७१ र मेनका पछाईले ३६ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्