जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १३:३१

सिक्किमको टिस्टा नदीमा अचानक बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता, सिङताम बजारको पुल बाढीले बगायो (भिडियोसहित)


काठमाडौं, असोज १७ । भारतको सुन्दर हिमाली राज्य सिकिम्मको टिस्टा नदीमा अचानक ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन ।

टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेर बाढी आएको हो । चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो । ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ ।

ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ । बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्याएको छ । बाढीले सिक्कमको सिङताममा ठूलो क्षती पुर्याएको छ भने राजधानी गान्तोकदेखि सिलिगुढीसम्मको राजमार्ग अवरुद्ध बनेको छ ।

बाढीले सिङताममा सडक बगाएको छ । बाढीले सिङताममा ठूलो क्षती पुर्याएको स्थानीयवासीले जनाएका छन । बाढीले सिङतामको इन्द्रणी पुल बगाएको सिक्किमबाट प्रकाशन हुने गोर्खा डेलीले जनाएको छ । टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ ।