बिराटनगर, असोज २६ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका छन ।
प्रदेशसभाको बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेको २४ घण्टासम्म प्रदेश प्रमुख खापुङले नियुक्त नगरेपछि हस्ताक्षरकर्ता ४८ जना सांसदहरु प्रमुखको कार्यालय पुगेका हुन ।
कोशी प्रदेशमा सरकारको दाबी गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ । सोही अनुसार ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने सांसद हरूको माग छ । प्रदेश प्रमुख कहाँ मुख्यमन्त्रीका दावेदार कार्की र एमाले संसदीय दलका नेता हिक्मत कार्कीसहित ४७ जना सांसद हुनुहुन्छ ।
प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय आज साँझ ५ बजे सकिएको छ । मुख्यमन्त्रीमा दाबी गर्नुभएका कार्कीले आफूहरू प्रदेश प्रमुखको कार्यालयमा रहेको बताउनु भयो । ‘हामी बहुमत (४७) जना सांसदहरू प्रदेश प्रमुखकोमा आइपुगेका छौं,’ कार्कीले भन्नुभयो ।
मुख्यमन्त्रीमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा) का तर्फबाट इन्द्र आङ्बोले पनि पुरानो हस्ताक्षर लिएर दाबी प्रस्तुत गर्नुभएको छ । सांसदहरु आफै उपस्थित भएको बेला आङ्बोले पनि ४७ जना सांसदकै हस्ताक्षर बुझाएको भन्दै प्रदेश प्रमुख खापुङले नियुक्ति गर्न आनाकानी गरिरहनु भएको छ । जवकी बिहीवार नै सवै सांसद सशरिर उपस्थित भएका थिए ।













प्रतिक्रिया दिनुहोस्