जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १६:४६

एनआरएनए निर्वाचन : यी हुन डा. बद्रि केसीको प्यानलबाट चुनाव लडने पदाधिकारीका उम्मेदवार


काठमाडौं, असोज २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व लिने दौडमा रहनुभएका अध्यक्ष डा. बद्रि केसी प्यानलको नाम टुंगो लागेको छ ।

समृद्धि र रुपान्त्रण हाम्रो साझा अभियान भन्ने नारा दिएर चुनावी मैदानमा उत्रिनुभएका केसीले सवै क्षेत्रलाई समेटेर आफ्नो टीम बनाउनु भएको हो । अध्यक्ष केसीको समुहबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, रोबिन शेरचन, चिरञ्जिीवी घिमिरे, यासमीन बेगम सैयद उम्मेदवार बन्ने तय भएको छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापाको नाम तय भएको छ ।

केसीको प्यानलबाट महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । यस्तै उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।

डा. बद्रिको टीमबाट कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको केसी समुहले जनाएको छ ।