पाल्पा, कात्तिक ६ । पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन । नवलपरासी देवचुली नगरपालिका–१६ रजहर निवासी ३६ वर्षका चालक ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन । लोहनीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका ५६ वर्षकी पार्वती लोहनी, वर्ष ३५ की सबिता धिताल, ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र ६५ वर्षका कृष्णबहादुर लोहनी रहेको प्रहरीले जनाएको छ । अर्का एक जना लमजुङ वेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेको प्रहरीको भनाई छ ।
आइतबार करिब ४ बजे बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार सय मिटर तल खसेको थियो । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो ।













प्रतिक्रिया दिनुहोस्