जनता टाइम्स

१० कार्तिक २०८०, शुक्रबार १५:४९

मुगुको छायाँनाथ रारामा तीन छोराछोरीसहित आमाको हत्या


मुगु,  कात्तिक १० । छायाँनाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा आमासहित तीन जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २६ वर्षिया श्रीदेवि बोहोरा, उनका दुई छोरा ११ वर्षिय मनोज बोहोरा, एक वर्षिया रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको हो ।

आज विहान ११ बजे घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थाल्दा दशैंको टीका थाप्न माइती गाउँ कोटिल्ला गएका उनीहरु ८ गते वेलुका घर फर्केका थिए । उनिहरुको सोही राती हत्या भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताउनुभयो ।

दुईदिन देखि घरमा ताला लगाएको देखेपछि गाउलेहरुले शुक्रबार विहान १० बजे तिर ढोकाको ताला तोडि भित्र हेदा चारै जनाको हत्या भएको देखे । मृतकका श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा कतारमा हुनुहुन्छ।

कसले किन हत्या गर्यो भन्ने कुरा खुल्न सकेको छैन । अनुसन्धान गरी तत्काल हत्यारा पत्ता लगाउन प्रहरी टोली खटिसकेको प्रनाउ विरेन्द्र थापाले बताउनुभयो।

हत्यारा पत्तालगाउन प्रहरी कुकुरसमेत परिचालन गर्ने तयारी थालेको छ । घटना स्थल सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दुरीमा दक्षिण पुर्वमा पर्छ ।