जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १९:०२

गृह मन्त्रालयले गर्यो १० सिडिओसहित ४० उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, १६ कार्तिक । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहनुभएको छ ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय मातहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गर्नुभएको हो ।