जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १७:२७

ललितपुरको महालक्ष्मीमा रित्तियो नेकपा एस, नकुल थापाको नेतृत्वमा सवै नेता–कार्यकर्ता एमाले प्रवेश


ललितपुर, कात्तिक २३ । ललितपुरमा नेकपा एकीकृत समाजवादीका दर्जनौं नेता–कार्यकर्ताहरु नेकपा एमालेमै फिर्ता भएका छन ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित बिशेष कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीबाट पार्टीमा फर्किएका नेता कार्यकर्तालाई स्वागत गर्नुभयो ।

गत स्थानीय निर्वाचनमा नेकपा एसबाट मेयरका उम्मेदवार नकुल थापाको नेतृत्वमा नगरपालिकाका सवै नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो । प्रवेश गर्नेमा नेताहरु अष्टबहादुर महर्जन, नविन तण्डुकार, भरत थापासहित एक सय जना रहेको एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका समाजसेवी नरेन्द्र थापासहित दर्जनौं अगुवाहरु पनि एमालेमा प्रवेश गर्नुभएको छ ।