जनता टाइम्स

२७ कार्तिक २०८०, सोमबार १६:१६

टीकटक बन्द गर्ने काम उचित होइन : शंकर पोखरेल


काठमाडौं, कात्तिक २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमन गर्नेतिर ध्यान नदिएर टिकटक नै बन्द गर्ने सरकारकोनिर्णय उचित नभएको बताउनु भएको छ ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीको धारणा राख्दै नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको प्रष्ट पार्नुभएको हो ।

‘महासचिव पोखरेलले लेख्नुभएको छ, ‘ नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’

महासचिव पोखरेलले कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त वाटो भएको भन्दै सरकारलाई ध्यान दिन सुझाउनु भएको छ ।

यस्तो छ एमाले महासचिव पोखरेलको धारणा

नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त वाटो हो । ध्यान देउ ।