जनता टाइम्स

२८ कार्तिक २०८०, मंगलवार १६:४९

नेपालमा टीकटक बन्द हुँदा खुसी देखियो भारत-अमेरिका


काठमाडौं, कात्तिक २८ । नेपालमा टिकटक प्रतिवन्धित गरिँदा भारत र अमेरिका खुसी देखिएका छन । भारत र अमेरिकी सञ्चार माध्यमहरुले नेपालमा टिकटक बन्द भएकोमा उत्तसहित भएर रमाउँदै समाचार प्रवाह गरेका हुन ।

अमेरिकाको न्यूयोर्क टाइम्सले नेपालमा टिकटक प्रतिवन्धित भएको उल्लेख गर्दै नेपालले प्रतिवन्धित गर्दैमा टिकटकलाई धेरै फरक नगर्ने तर यसले अन्य देशलाई पनि बाटो देखाउने उल्लेख गरेको छ ।

रोयटर्सले आफ्नो समाचारमा नेपालमा गत चार वर्षमा अपराधमा एक हजार चारसय घटनामा टिकटक प्लेटफर्म प्रयोग गरिएको उल्लेख गरेको छ ।भारतको वलर्ड एफियर्स युटुब च्यानलले नेपाल र चीनको सम्बन्ध बिग्रिएकाले नेपालले टिकटक प्रतिवन्धित गरेको समाचार दिएको छ ।

अमेरिकी समाचार एजेन्सी एपीले नेपालमा सामाजिक सदभाव बिगार्ने काम गरेकाले टिकटक प्रतिवन्धित गरिएको समाचार दिँदै धेरै वटा देशले टिकटकप्रति आपत्ति जनाएको उल्लेख गरेको छ ।

वेलायतको गार्जियनले टिकटकलाई विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने एपमध्ये छैठौं भन्दै नेपालमा प्रतिवन्धित गरिएको समाचार दिएको छ ।भारतको इन्डिया टुडेले टिकटकलाई चिनियाँ एप भन्दै नेपालमा प्रतिवन्धित गरिएको समाचार दिएको छ । भारतमा सन् २०२० मै टिकटक प्रतिवन्धित गरिएको पनि उल्लेख गरेको छ ।

भारतकै एएनआई न्युजले सुरक्षाको कारणले नेपालले टिकटक बन्द गरेको र नेपालले भारतकै बाटो पछ्याएको उल्लेख गरेको छ । यो मिडियाले टिकटक प्रतिवन्धित हुँदा नेपालका सर्वसाधारणले स्वागत गरेको पनि उल्लेख गरेको छ । नेपालमा भने यो कदमको चर्काे आलोचना र बिरोध भएको छ ।