काठमाडौं, कात्तिक २९ । भारत एक दिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ।
घरेलू मैदानमा भारत पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको भारतले न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएको थियो। विशाल रनको लक्ष्य पछ्याएको न्युजल्यान्ड ४८.५ ओभरमा सवै विकेट गुमाउँदै ३२७ रन बनाउँदै अलआउट भयो।
भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ११७, श्रेयस ऐरले १०५ र सुमन गीलले ८० रन जोडन सफल भए ।
जवाफी ब्याटिङमा न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक १३४ रन बनाउनुभयो भने कप्तान केन विलियमसन ६९ रन जोडे।
न्युजिल्यान्डको ब्याटिङ लाइनलाई भारतका बलर मोहम्मद सामी एक्लैले धराप पारे । ९.५ ओभर बलिङ गरेका सामीले ५७ रन खर्चिएर सात विकेट लिए । भारतका लागि जसप्रित बुम्राहा, कुलदीप यादव र मोहमद सिराजले एकएक विकेट हात पारे ।
भारतले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग मंसिर ३ गते प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन्।













प्रतिक्रिया दिनुहोस्