काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।
उहाँले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । महासमिति बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”
कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।
आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त नभएकाले केन्द्रीय लेखासमितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्ने बुझिएको छ ।













प्रतिक्रिया दिनुहोस्