जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १७:४८

बुद्ध एअरले भन्यो : मन्त्रीको कारण होइन, अराजक समुहको हुलदुंगाले २४ मिनेट ढिला उडान(पत्रसहित)


काठमाडौं, भदौ ३०

बुद्ध एयरले नेपालगञ्जबाट काठमाडौं आउन लागेको आफ्नो जहाजभित्र भएको घटनाबारे स्पष्टिकरण दिएको छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई लेखिएको पत्रमा बुद्ध एयरले उक्त दिन जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्वीकारेको छ ।

यस्तो छ, प्राधिकरणमा बुझाएको पत्र –

मिति २०७६ भाद्र २८ गते शनिवारको उडान माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्ठराई समेत रहनुभएको थियो सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिए बमोजिम पाइएको छ।

१. काठमाडौंबाट नेपालगन्जका लागि विमान १६स्५० बजे उड्नु पर्ने मा काठमाडौंबाट नै २३ मिनेट ढिला भई १७स्१३ मा उडेको थियो र विमान नेपालगन्जमा १८स्०२ मा अवतरण गरेको थियो।

२. काठमाडौंको बुद्ध एयर फ्लाइट अपरेशनले नेपालगन्जलाई दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट विमान १८स्२५ को सट्टा १८स्४० मा उड्नुपर्ने थियो।

३. बुद्ध एयरसँगै जस्तो यती एयरलाइन्सको विमान १७.५३ मा अवतरण गरेर १८.२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८.३० मा अवतरण गरेर १८.५१ मा उडेपछि हाम्रा यात्रुहरू विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए सोही समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८.२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यु आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरूलाई १८.३० तिर विमानमा वोर्डिङ गर्नुभएको थियो तर त्यसो नभई वहाँहरूले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो।

४. माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरूकै अगाडि १४–१५ जना यात्रुहरूको समूह हाम्रा विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोसित भई विमानबाट १८.४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरूसँग वादविवाद गर्न थाल्नुभएको थियो सो विवाद ६–८ मिनेट जति चलेको थियो।

५. मन्त्रीज्यु १८.५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह वहाँतिरै फर्केर तपाईं किन ढिला आउनुभएको, तपाईंले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आक्रोसित हुनथालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नुभयो र सो समूह म्न्त्रीज्यूसँगसँगै विमान भित्र एकैचोटी चढेर एकैठाँउमा उभिएर ४–५ मिनेटसम्म अझ बढी आक्रोस पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो।

६. नेपालगन्जलाइ दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९.०४ मा विमान उडेको थियो।

७. उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरूले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो।