काठमाडौं, मंसिर २४ । नेकपा एमालेले आयोजना गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा बागमती प्रदेशका तीन जिल्लामा तीन सभा आयोजना गरिएको छ ।
बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा गण्डकी प्रदेशहुँदै बागमती प्रवेश गरेपछि शनिवार नुवाकोटको बट्टारमा सभा आयोजना गरिएको थियो । सो सभामा अध्यक्ष केपी शर्मा ओलीले एनसेलको शेयर खरिद बिक्रिी प्रकरणमा सरकारमाथि गम्भीर प्रश्न उठाउनु भयो । एनसेलको शेयर खरिद बिक्रिमा सरकारको संलग्नता रहेकोसमेत उहाँको भनाई थियो ।
एमाले बागमति प्रदेशका अध्यक्ष कैलाश ढुंगेलका अनुसार यात्राको क्रममा आज नुवाकोटबाट यात्रा सुरु भई बिभिन्न स्थानमा भेटघाटसहित काभ्रेको कुन्ताबेसीमा सभा आयोजना गरिने छ । बट्टारबाट यात्रा सुरु गरी बाहुनेपाटीमा खाना खाने र त्यसपछि छहरेमा भेटघाट गरिने छ यस्तै कुन्ताबेसीमा सभा आयोजना गरी साँझ धुलिखेलमा बास बस्ने कार्यक्रम रहेको छ ।
यस्तै सोमवार धुलिखेलबाट यात्रा सुरु गरी दोलालघाट, सिन्धुपाल्चोकको बलेफीमा भेटघाटसहित खाडीचौरमा सभा गरी दोलखाको खरिढुंगास्थित डाङडुङे डाँडामा खाना खाने कार्यक्रम रहेको छ भने दोलखा सदरमुकाम चरिकोटमा सभा आयोजना गरिएको छ । चरिकोटमो सभापछि भेटघाट गर्दै रामेछापको मन्थली पुगेर सभासहित बास बस्ने कार्यक्रम छ । मंगलवार बिहान बागमतिबाट यात्रा टोली कोशी प्रदेश प्रवेश गर्नेछ ।
एमाले दोलखाका संयोजक नरबहादुर श्रेष्ठका अनुसार चरिकोटमा आयोजना हुने सभाको सवै तयारी सकिएको छ । दोलखा एमालेले खरिढुंगादेखि किर्नेटारसम्म १४ वटा स्वागत द्वार बनाउने श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्