जनता टाइम्स

२५ मंसिर २०८०, सोमबार १२:१३

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा


काठमाडौँ, २५ मंसिर । संघीय संसद सचिवलका महासचिव डा भरत गौतमले राजीनामा दिनुभएको छ । उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनुभएको हो ।

राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उहाँले राजीनामा दिएको पुष्टि गर्नुभयो । तर, उहाँले राजीनामा दिनुको कारण खुलेको छैन । यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।