ओखलढुंगा, मंसिर २६ । मध्यपहाडी संकल्प यात्राका क्रममा ओखलढुंगाका दुई माओवादी नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार कोशी प्रदेश प्रवेश गरेको एमालेको संकल्प यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभाबाट उहाँहरू पार्टी प्रवेश गर्नुभएको हो ।
प्रवेश गर्नेमा लिखु गाउँपालिका- २ का वडाध्यक्ष उम्मेदवार युवा नेता शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का रहनुभएको छ । उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्