महोत्तरी, २८ मंसिर । मधेश आन्दोलनको क्रममा महोत्तरीमा भएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीको आज अन्तिम फैसला आउने सम्भावना छ ।
२५ भदौ २०७२ मा भएको असई विक हत्या प्रकरणमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साल साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत महोत्तरीको न्यायाधीश उद्धव प्रसाद भट्टराईको दुई नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुँदै छ । बहस अन्तिम चरणमा रहेकाले आजै मद्दाको अन्तिम फैसला आउने सम्भावना रहेको जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी महेन्द्र झाले बताउनुभयो ।
सो मुद्दामा तीनजना पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने चारजना तारेखमा रिहा हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्