महोत्तरी, २८ मंसिर । नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाउनु भएको छ । जिल्ला अदालत महोत्तरीले आज उहाँलाई सफाई दिएको हो ।
२०७२ सालको मधेस आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरी थमन विकको हत्या अभियोगमा उहाँलाई कर्तब्य ज्यान मुद्दा लगाइएको थियो । जिल्ला अदालतले साधारण तारेखमा छाडेको उहाँलाई पुनरावेदन अदालत जनकपुरले तारेख गुजारेकोभन्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।
सोहीबीच एमालेका तर्फबाट महोत्तरी क्षेत्रनं.बाट निर्वाचन लड्नु भएका उहाँ माओवादीका त्यसक्षेत्रबाट चार पटकसम्मका विजेता गिरिराजमणी पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सांसदको रूपमा सपथ लिएर प्रधानमन्त्रीको निर्वाचनमा मतदानसमेत गर्नुभएका उहाँलाई काँग्रेस र माओवाद िसांसदको दबाबपछि सभामुखले निलम्बन गर्नुभएको थियो । मुद्दाको अब उहाँ सांसदको रूपमा स्वतः वहाल हुनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्