जनता टाइम्स

४ पुष २०८०, बुधबार १८:२७

सर्वाेच्च अदालतमा ६ न्यायाधीश नियुक्त


काठमाडौं, पुस ४ । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको हो ।

सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल न्यायाधीशमा नियुक्त हुनुभएको हो । न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।